तालिबानले सबै सरकारी कर्मचारीलाई आममाफी लिने घोषणा गर्दै उनीहरुलाई पूर्ण विश्वासका साथ काममा फर्किन आग्रह गरेको छ ।साथै, महिलालाई आफ्नो सरकारमा समावेश हुन आग्रहसमेत गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार तालिबानले एक बयान जारी गरेर भनेको छ, ‘सबैका लागि एक आममाफी घोषणा गरिएको छ । त्यसैले तपाईंहरु पूर्ण विश्वासका साथ नियमित दिनचर्या सुरु गर्न सक्नुहुन्छ ।’यो घोषणा यस्तो समयमा आएको हो जब अमेरिकी सेनाका लागि काम गरिसकेका अनुवादक, पश्चिमी देशद्वारा समर्थित संस्थाका कर्मचारी र सरकारी