बाजुरामा बूढीगङ्गा नदी थुनियो

बाजुरा – बाजुरामा पहिरो जाँदा बूढीगङ्गा नदी थुनिएको छ । गौमुल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएकाे हाे ।  नदी थुनिएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।  नदी थुनिएपछि बाजुराका बूढीगङ्गा, त्रिवेणी नगरपालिकालगायत अछामका साँफेबगर नगरपालिकाका दर्जनौँ बस्ती डुबानको जोखिममा रहेकाे प्रशासन कार्यालयले जनाएकाे छ ।  अहिले नदी खुलाउने प्रयास भइरहेकाे र केहीबेरमा खुल्ने प्रशासन कार्यालयले जानकारी दिएकाे छ ।