कोरोना कहर हुँदैनथ्यो भने यतिबेला काठमाडौँको राष्ट्रिय नाचघर, प्रज्ञा प्रतिष्ठान र राष्ट्रियसभा गृहमा कलाकारले साताव्यापी रुपमा आआफ्नै शैली र विशेषतामा गाइजात्राको फरक–फरक बाँन्की प्रस्तुत गरिरहेका हुन्थे । पछिल्ला दुई वर्षमा भने गाइजात्राको अवसरमा आयोजना गरिने हास्यव्यङ्ग्य कार्यक्रम सेलाएको छ । सरकारले सार्वजनिकस्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम बनाएको छ । निषेधाज्ञा धेरथोर बाँकी …