मुख्यमन्त्री र मन्त्रीको आमाबुवाको नाममा रहेको ट्रस्टलाई छुट्याइयो लाखौंको बजेट, गण्डकी सरकारमाथि उठ्यो प्रश्न

पोखरा : नीति तथा कार्यक्रम प्रस्तुत हुँदादेखि नै आगामी आर्थिक वर्षका लागि आउन लागेको गण्डकीको बजेटमाथि असन्तुष्टी पोखिएको थियो। सदनमा नीति तथा कार्यक्रम पास भए लगत्तै गण्डकीका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले ‘गण्डकीको बजेट झ्यालबाट आउन लागेको’ आरोप लगाएका थिए। उनले गण्डकीको बजेट मन्त्री र सांसदको टाउको गनेर…

सम्बन्धित सामग्री

दुई मन्त्रीको बर्खास्तीपछि मुख्यमन्त्रीले सम्हाले थप दुई मन्त्रालय

गण्डकी प्रदेशका दुई मन्त्रीको बर्खास्तीसँगै ती दुई मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै सम्हालेका छन् । मुख्यमन्त्री नेपालीको सिफारिसमा ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले यसअघि नै बर्खास्त भएकामा आज फेरि  भौतिक पूर्वाधार र सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्तीमा परेका हुन् । मुख्यमन्त्रीको सिफारिसपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रीहरुको नयाँ कार्यविभाजन गरेका छन् । जसमा नेखपालीले नै बर्खास्त भएका दुई मन्त्री

दीपक मनाङे मन्त्रीको कुर्सीमा, कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा

राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् । गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार  सर्वोच्च अदालतमा भने उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा पेसीमा चढेर स्थगित भयो । मुद्दा स्थगित पुनरावेदकको कानुन व्यवसायीबाट भएको हो । पुनरावेदक महान्यायाधिवक्ताको कार्यालय हो । गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा उनी दोषी ठहर भइसकेका हुन् ।&nbs

गण्डकी प्रदेशका मन्त्रीहरुको सम्पति सार्वजनिक

गण्डकी प्रदेशका सबैभन्दा धनी मन्त्रीको रुपमा कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापा रहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितका अन्य मन्त्रीहरु भन्दा मन्त्री थापाको सम्पति विवरणमा बढी देखिएको हो ।प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पति विवरण अनुसार अन्य मन्त्रीहरुको तुलनामा मन्त्री थापाको चलअचल सम्पति बढी भएको उल्लेख छ । […]

काँग्रेसले गण्डकी प्रदेशमा मन्त्रीको नाम टुंग्यायो

काँग्रेसले गण्डकी प्रदेशमा मन्त्री हुनेको नाम टुंगो लगाएको छ । कांग्रेसबाट कास्कीका बिन्दु कुमार थापा, स्याङ्जाका मेखलाल श्रेष्ठ, र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका हुन् । काँग्रेसमा व्यक्तिपिच्छेका गूटउपगूटका कारण मन्त्री चयनमा विवाद भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो । यसअघि कांग्रेसका तर्फबाट कुमार खड्का सरकारमा सहभागि भएका छन् । काँग्रेसको भागमा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, कानु

गण्डकी सरकारले पूर्णता पाउँदै, काँंग्रेस छान्यो बाँकी ३ मन्त्री

पोखरा। गण्डकी प्रदेश सरकारले पूर्णता पाउने भएको छ। सत्तारुढ नेपाली कांग्रेसले तीन मन्त्रीको टुंगो लगाएसँगै सरकारले पूर्णता पाउने भएको हो। बिहिबार ११ मन्त्रालयमध्ये गठबन्धनबाट कांग्रेसले५, माओवादीले४, जसपाले१ र स्वतन्त्र सांसदले १ मन्त्रालय पाउने टुंगो लागेको थियो लगत्तै माओवादीले बिहीबार नै बाँकी तीन मन्त्रीको टुंगो लगाएको थियो। कांग्रेसले शुक्रबार मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने निर्णय गरेको हो।

गण्डकी प्रदेशको कृषिमन्त्रीमा चन्द्र बहादुर बुढा

गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएसँगै कृषि मन्त्रालय बागलुङ ताराखोलाका चन्द्र बहादुर बुढा सागरले सम्हाल्ने भएका छन्। उनी बागलुङ क्षेत्र नं २ प्रदेश (क)  क्षेत्र २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । बागलुङ जिल्ला लगायत गण्डकी क्षेत्रको माओवादी जनयुद्ध तथा आन्दोलनमा सागरको महत्वपूर्ण योगदान रहेको छ। जनयुद्धको घोषणा सँगै संगठन निर्माण र विस्तार गर्न उनले भूगोलमा रहेर अग्रणी भूमिका खेलेका थिए । यस्तै अर्थ मन्त्रालयमा रामजी बराल, र वन तथा वातावरणमा दीपक चर्तीमगर  जाने गरी सहमति जुटेको छ ...

गण्डकी प्रदेशमा माओवादीले टुङ्गो लगायो तीन मन्त्रीको नाम

गण्डकी प्रदेश माओवादी केन्द्रले सरकारमा जाने तीनजना मन्त्रीको टुङ्गो लगाएको छ । नयाँ सरकार गठन भएको झण्डै डेढ महिना वितिसक्दा समेत सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा र पार्टीका तर्फबाट मन्त्री हुनेको टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन ।बिहीबार बसेको माओवादीको बैठकले सरकारमा जाने थप तीनजना सांसदको नाम सिफारिस गरेको हो । कास्कीका रामजी बराल, स्याङ्जाका दीपक चर्तीमगर र बागलुङका चन्द्रबहादुर बुढालाई मन्त्री बनाउन माओवादीले सिफारिस गरेको हो । मन्त्री बन्ने तीन जनाको नाम सिफ

गण्डकीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम

पोखरा। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले कृषि र दीपक धर्तीमगरले वन तथा वातावरण मन्त्रालय पाउने भएका छन्। माओवादीबाट मधुमाया अधिकारी यसअघि नै स्वास्थ्यमन्त्री भइसकेकी छन्। बिहिवार ११ मन्त्रालयमध्ये माओवादीले–४, कांग्रेसले–५, जसपाले–१ र स्वतन्त्रले–१ पाउने गठबन्धनमा सहमति जुटेको हो। उनीहरुको सपथ भोलि हुनेछ।