काठमाडौँ– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ मा बसेको बैठकको निर्णयअनुसार महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन–२०७९ का लागि घोषणापत्र तयारी समितिको संयोजक तोकेका छन्।