काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरुलाई प्रोत्साहीत गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताउनुभयो । […]