वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी ढंगले राखिएका पार्किङ हटाउन चेतावनी दिएको छ । वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडकखण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले चेतावनी दिएको हो । महानगर प्रमुख राजेशमान सिंहसहितको टोलीले शुक्रबार बिहान सडकखण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरिएको र निर्माण सामग्री राखेर आउजाउ गर्नै समस्या बनाएको भेटेपछि तत्काल हटाउन चेतावनी दिइएको हो । सडकमा जथाभावी पार्किङ गर्ने र निर्माण सामग्री असरल्ल पारेर राख्दा आउजाउमा