मोरङमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । कुनै पनि स्थानीय तहमा अप्रिय घटना नभएको र तनावपूर्ण अवस्था पनि नरहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेभन काश्यप अधिकारीले जानकारी दिए । ‘जिल्लाभरमा सौहार्दपूर्ण वातावरणमा मतदान भएको छ,’ अधिकारीले भने, ‘कुनै खालको अप्रिय वातावरण बनेको छैन ।’ अधिकारीले मोरङमा बेलुका ४ बजेसम्मको डाटा अनुसार ६० प्रतिशत मतदान भइसकेको बताए । अहिले पनि मतदान भइरहेको कारण ७० प्रतिशत मतदान हुने