गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पदमुक्त

काठमाण्डौ – राष्ट्रिय जनमाेर्चाका प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पदमुक्त हुनुभएको छ । जनमोर्चा केन्द्रीय समिति र प्रदेश संसदीय दलले आफ्ना सांसद थापालाई पदमुक्त गर्दै पद रिक्त गरिदिन सभामुखलाई पत्र पठाएका थिए । सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा पत्र पढेर सुनाउनु भएसँगै थापा फेरि पदमुक्त हुनुभएको हो । यसअघि पनि राष्ट्रिय जनमोर्चाले थापालाई कारबाही स्वरूप सांसद पदबाट हटाएको थियो । तर सर्वोच्च अदालतले थापालाई पुनर्बहाली गरिदिएको थियो । पार्टीको ह्विप उल्लङ्घन गरेकाले थापालाई पदमुक्त गरिएको जनम...

सम्बन्धित सामग्री

जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा पुनः पदमुक्त

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पुनः पदमुक्त भएका छन् । बागलुङ १ (ख) बाट निर्वाचित सांसद थापा गण्डकी प्रदेश सभा सदस्य पदबाट दोश्रो पटक पदमुक्त भएका हुन् ।

राष्ट्रिय जनमाेर्चाका प्रदेश सांसद कृष्ण थापा पदमुक्त

कास्की – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ । राष्ट्रिय जनमोर्चाले प्रदेश सभा सचिवालयमा थापालाई दलबाट निष्कासन गरेको जानकारी गराएको छ । आजै बस्ने प्रदेश सभा बैठकमा थापालाई पदमुक्त गरिएकाे सूचना पढेर जानकारी गराउने तयारी छ । थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन नेपाली कांग्रेसका उम्म्दवारकाे पक्षमा हस्ताक्षर नगरेपछि उहाँलाई जनमाेर्चाले कारबाही गरेको हो । थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।