नयाँ सरकार गठन भएको भोलिपल्टै उद्योगी-व्यवसायीका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको टोली प्रधानमन्त्री, अर्थमन्त्रीलगायतलाई भेट्न पुगेबाट निजी क्षेत्रले अहिले कति आत्मविश्वास गुमाएको छ भन्ने देखाएको छ । विगतमा निजी क्षेत्र यसरी हतारोमा नयाँ सरकार बन्नेबित्तिकै उच्च पदाधिकारीहरूलाई भेट्न पुगेको थिएन । अहिले अर्थतन्त्र मन्दीतर्फ मोडिएको छ भने व्यावसायिक वातावरण पनि […]