काठमाडौँ–तराई मधेस द्रुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति गठन

नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम चाँडो सक्न  समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ ।‘आजको सुरुआत, भोलिको आधार ः काठमाडौँ–तराई मधेस द्रुतमार्ग’ भन्ने नाराकासाथ नेपाली सेनाको व्यवस्थापनमा यो आयोजना अघि बढिरहेको छ । नेपाली सेनाका हालका प्रवक्ता नारायण सिल्वालको अध्यक्षतामा गठन भएको उक्त समयन्त्रलाई आयोजना अघि बढाउने सिलसिलामा देखिएका यावत समस्या र चुनौती समन्वय गरी सुल्झाउने कार्य जि