संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्छ  : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताए ।“संसद् नचल्ने, जनताको समस्या छलफल नहुने हुनु हुँदैन, संसद् चल्नु पर्छ”, उनेले भने । पूर्वसभामुखसमेत रहेका पौडेलले लामो समयसम्म संसद् अवरोध गर्दा जनताका धेरै समस्या अड्किएर बसेको बताए । निजामती कर्

सम्बन्धित सामग्री

संसद चल्न नदिने परिस्थितिको अन्त्य हुनुपर्छ : सांसद पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सभामुखले बैठक सञ्चालनको सन्दर्भमा कसैको आग्रह र दबाबलाई स्वीकार्ने परिस्थितिलाई सच्याउनुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले संसद बैठकको प्रक्रियामा धेरै ठूलो प्रश्न जन्मिएको बताउनुभएको छ । उहाँले सभामुखले कसैको आग्रह र दवावलाई स्वीकार्नुपर्ने परिस्थिति बनेको भन्दै यसलाई सच्याउनुपर्ने बताउनुभयो । सांसद […]

श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्छ पौडेल

काठमाडौँ,१८ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रुपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमिकप्रतिको विभेद अझैसम्म पनि हट्न नसकेको बताए । नेता पौडेलले श्रमिकलाई तल्लो दर्जामा राख्ने कुसंस्कृति अन्त्य नभएको भन्दै […]

श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्छ : पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रुपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमिकप्रतिको विभेद अझैसम्म पनि हट्न नसकेको बताएका हुन् । नेता पौडेलले श्रमिकलाई तल्लो दर्जामा राख्ने कु संस्कृति अन्त्य नभएको […]

संसद्को गतिरोध चाँडो अन्त्य हुनुपर्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताए ।‘संसद् नचल्ने, जनताको समस्या छलफल नहुने हुनु हुँदैन, संसद् चल्नु पर्छ,’ उनले भने । पूर्वसभामुखसमेत […]

संसदको गतिरोध चाँडो अन्त्य हुनुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदभित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उहाँले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसदभित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताउनुभयो । “संसद नचल्ने, जनताको समस्या छलफल नहुने हुनु हुँदैन, संसद चल्नु पर्छ”, उहाँले भन्नुभयो । …

संसदभित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदभित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसदभित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताए । ‘संसद् नचल्ने, जनताको समस्या छलफल नहुने हुनु हुँदैन, संसद् चल्नु पर्छ’, उनले […]

सडक बनाउँदा भत्किँदै सिँचाइ र खानेपानीका योजना

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–७ जैदीको चौरगाउँमा सडक पुर्‍याउन चालू आर्थिक वर्षमा चार लाख विनियोजन गरिएको छ । उक्त सडक निर्माण हुँदा केही परिवारको घरसम्मै गाडी पुग्छ । मेसिन लगाउँदा कच्ची सडक निर्माणका लागि बजेट पर्याप्त हुन्छ । तर यो सडकले पुरिने सिँचाइ कुलोबारे भने कसैले सोचेको छैन ।      सडक निर्माण गर्दा चौरमा रहेको खेतमा पुर्‍याएको सिँचाइ कुलो भत्किन्छ । दुई सय वर्ष पुरानो यो कुलो केही वर्षअघि १५ लाखभन्दा बढी खर्चेर पक्की बनाइएको थियो । चार लाख खर्चेर सडक बनाउँदा १५ लाखमा बनेको संरचना भत्किने विषयमा सम्बद्ध निकायले चासो दिएको छैन ।      ‘चार सय मुरी धान फल्ने खेत भन्ने चलन थियो, यहाँ सिँचाइ पहिलेदेखि नै रहेकाले धानको उत्पादन पर्याप्त हुन्छ,’ जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भने, ‘एउटा संरचना बनाउँदा अर्काे बनेको संरचना बिग्रिने घटना धेरै छन् ।’ पौडेल चौरगाउँका स्थानीयवासी समेत हुन् । यो समस्या जिल्लाका अधिकांश विकासे काममा देखिन्छ । सबैभन्दा बढी सडक बनाउँदा सिँचाइ र खानेपानीका संरचनामा क्षति हुने गरेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरको गिठेदेखि पात्लेखेत जाने सडक बनाउँदा बिग्रिएका जैमिनी नगरपालिका–१ कुश्मीशेराका चार खानेपानी आयोजना डेढ वर्ष हुँदासमेत पुनर्निर्माण हुन सकेका छैनन् । करोडौं रुपैयाँ खर्चेर बनाइएका खानेपानीका योजना ७५ लाखमा निर्माण भएको कच्ची सडकले तहसनहस बनाएको हो । जैमिनीको मुकाम कुश्मीशेरा बजारदेखि कालीगण्डकी कोरिडोर पुग्ने सडकको स्तरोन्नति गर्दा कुश्मीशेरा बजारको खानेपानीमा क्षति पुगेको छ । सैनिक टोल र नगरपालिकाको कार्यालय समेत रहेको क्षेत्रमा विस्तार गरिएको पानी सडक बनाउँदा क्षति पुगेपछि खानेपानीको अभाव छ । ‘एउटा काम गर्दा अर्काे काम बिगार्ने परिपाटी अन्त्य हुनुपर्छ, सडक बनाउँदा अरू बिग्रिने केही छ/छैन भनेर हेर्नुपर्छ,’ कुश्मीशेरा बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका सैनिक टोलका पदमबहादुर श्रीशले भने, ‘बाटोले खानेपानीको योजना बिगार्छ, दुःख हामीलाई हुन्छ ।’ कुश्मीशेरा बजारदेखि कान्ले हुँदै दमेक पुग्ने सडक प्रदेश सरकारले स्तरोन्नति गरेको हो । त्यहाँ पनि खानेपानीको योजना भत्किएपछि उपभोक्ता समितिका अध्यक्ष नै खानेपानीको पाइप माग्न नगरपालिकामा पुगे । ‘योजनाबाटै मर्मत गर्न स्रोत छैन, इस्टिमेटभन्दा बाहिर काम गर्न मिल्दैन,’ उपभोक्ता समितिका अध्यक्ष छायाँदत्त चापागाईंले भने, ‘पाइप मागेर मर्मत गर्न उपभोक्ता नै कस्सिए, नभए पानी खान पाइँदैन ।’ पहिल्यै बनाइएका संरचना नयाँ बनाउँदा क्षति पुगे पछिल्लो योजनाबाट मर्मत गर्नुपर्छ । तर उपभोक्ता समितिमार्फत हुने अधिकांश काममा क्षति पुग्ने संरचनाको इस्टिमेट नहुने र इस्टिमेट अनुसारका काम मात्रै गर्दा मर्मतका लागि खर्चको अभाव हुने गरेको गुनासो आउने गर्छ । रासस