पार्टीको १० औं राष्ट्रिय महाधिवेशनस्थल सौराहामा नेकपा एमाले चितवनले सरसफाइ गरेको छ ।
एमालेकी केन्द्रीय सदस्य एवं चितवन जिल्ला अध्यक्ष पार्वती रावलको अगुवाइमा बिहीवार सरफाइ गरिएको हो ।
एमाले महाधिवेशनको बन्दसत्र पर्यटकीय नगरी सौराहामा भएको थियो ।
महाधिवेशनस्थलको सरसफाइ गर्नु आफूहरूको उत्तरदायित्व नै भएको ठानेर सरसफाइ गरिएको अध्यक्ष रावलले बताइन् ।
त्यसक्रममा झाडु लगाउनुका साथै फोहोरहरू टिपेर प्लास्टिकमा प्याक गरी व्यवस्थापन गरिएको थियो ।
सरसफाइ कार्यक्रममा केन्द्रीय सदस्य कपिल पोखरेल, रत्ननगर नगरपालिका...