प्रदेश १ का दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो एक सातामा २८८ जना संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमितका लागि एक हजार ३६ बेड तयारी अवस्थामा राखिएको छ । ३१ अस्पतालका बेड तयारी अवस्थामा रहेको जनस्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार ११७ भेन्टिलेटरसहित १६९ आईसीयू, ३५७ एचडीयू, २५१ आइसोलेसन र ३५९ नर्मल बेड तयारी अवस्थामा छन् । दुई हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम पनि चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
झापाको म...