काठमाण्डाै - पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा आज एउटा दुई तले भवनको भुइँ तल्लामा भएको बम विस्फाेटमा कम्तीमा १० जनाको ज्यान गएकाे छ । १२ जना घाइते भएका छन् ।
अहिले अस्पतालको अभिलेखमा १० शव र १२ घाइतेको नाम दर्ता भएको छ भने घटनामा गम्भीर घाइते भएका प्रायजसाे घाइतेको अवस्था गम्भीर रहेको शहीद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाका प्रमुख सञ्चालक मुहम्मद साबिर मेमनले जानकारी दिनु भएकाे छ ।
एक निजी बैंक र अन्य थुप्रै कार्यालयहरू भएको भवनमा ग्याँस चुहावटका कारण विस्फाेट भएको बताइएको छ। विस्फ...