काठमाडौं : संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको छ।जबराले महाभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी पाउँ भनेर माग गर्दै मंगलबार निवेदन दिएपछि सोही बमोजिम बुधबार पत्र पठाइएको संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए। संघीय संसदका महासचिव डा.भरतराज गौतमले पुरानो संसदको कार्यकाल सकिएर संसदमा नयाँ सदस्य निर्वाचित भएसँगै महाभियोग प्रस्ताव निष्क्रिय भएको उल्लेख गर्दै पत्र पठाएका हुन् ।पत्र जबरासँगै राष्ट्रपतिक