पौराणिक ग्रन्थ रामायणमा आधारित रहेर फिल्म निर्माण हुने भएको छ। नीतेश तिवारीको निर्देशनमा बन्ने फिल्मको बजेट ७ अर्ब ५० करोड बताइएको छ। जुन भारतीय फिल्म इतिहासमै सबैभन्दा ठूलो बजेट हो। फिल्ममा मुख्य पात्र रामका लागि रणबीर कपूर र रावणका लागि हृतिक रोशन अनुबन्धित भएका छन्। हृतिक र रणवीर पहिलोपटक एकसाथ पर्दामा देखिन लागेका हुन्। सन् २०२३ को मध्यतिरबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मका अन्य पात्रको छनोट भने हुन बाँकी छ। फिल्ममा भिएफएक्स र स्टारकास्टको लागि सबैभन्दा धेरै बजेट छुट