मधेस प्रदेशका मुख्यमन्त्रीदेखि सभामुखसम्मले आफ्ना कार्यकर्ता र आसेपासेलाई मनलाग्दी ढङ्गले नियुक्त गरी तलब भत्ता खुवाउँदा करोडौँ रकम बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा देखिएको छ । मुख्यमन्त्री लालबाबु राउतले सस्तो लोकप्रियताका लागि विभिन्न महत्त्वाकाङ्क्षी योजनाको सिर्जना गरी करारमा कर्मचारी नियुक्ति गर्ने नाममा कार्यकर्तालाई नियुक्ति गर्दा करोडौँ रुपैयाँ बेरुजु देखिएको हो ।मुख्यमन्त्री कार्यालयमा नै अनावश्यक करारका कर्मचारी भर्ना, जथाभाबी राजनीतिक नियुक्ति, म