नेप्सेमा सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधरणसभा प्रयोजनको लागि आज असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कम्पनीको मूल्य समायोजन भएको हो ।कम्पनीको ४.२ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो। समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३५२ रुपैयाँ २१ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६७ रुपैयाँ थियो । कम्पनीले साधरणसभा प्रयोजनको लागि आज असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले असार  २० गते साधरणसभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले   आ.व. २०७६/०७७ को संचित मुनाफाबाट शेयरधनीहरुलाई वितरण योग्य लाभांश बापत चुक्ता पूँजीको चार दशमलव दुई प्रतिशत (४.२%) बोनस शेयर तथा कर प्रयोजनको लागि शुन्य दशमलव बाइस प्रतिशत (०.२२%) गरी जम्मा चार दशमलव बयालिस प्रतिशत (४.४२%) लाभाशं बितरण गर्ने प्रस्ताव गरेको छ  । कम्पनीको साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।   यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : क. सामान्य प्रस्तावहरु :१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व. २०७६/०७७ वार्षिक प्रतिवेदन सम्बन्धमा ।२. आ.व. २०७६/०७७ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचि तथा NFRS प्रणाली लागू गरि तयार गरिएको वित्तिय विवरण माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।३. आ व. ०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।४. सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूह (ख) बाट प्रतिनिधित्व गर्ने एक (१) जना सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा।ख. विशेष प्रस्तावहरु :१. कम्पनीको अधिकृत तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा ।२. लाभांश बापत हाल कायम रहेको चुक्ता पूँजीको ४४२ प्रतिशत लाभांश (कर सहित) जम्मा रु.८८,४२१,०५३।- बापत बोनस शेयर (४२ प्रतिशत बापत रु.८४,०००,०००।- र उक्त बोनस शेयरमा लाग्ने ०.२२ प्रतिशत कर बापत रु ४,४२१,०५३।-) वितरण गर्ने सम्बन्धमा।३. कम्पनीको प्रबन्धपत्रमा पूँजी वृद्धि एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा।४. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै फेरवदल वा संशोधन गर्न निर्देशन दिएमा सो फेरबदल वा संशोधन गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।५. यस कम्पनीले पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभिने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरु नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा एक-आपसमा गाभिने सँग सम्बन्धित प्रचलित नियम कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरुले निर्देशन गरे बमोजिम विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने सम्बन्धमा । 

सम्बन्धित सामग्री

रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स एकआपसमा गाभिने

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।...

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच मर्जर सहमति

काठमाडौँ – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने भएका छन्। बुधबार मेरियट होटल, नक्साल काठमाडौँमा बसेको सञ्चालक समितिको १०८ औँ बैठकले प्रारम्भिक समझदारी पत्रकोे मस्यौदा स्वीकृत गरी सो समझदारी पत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि कम्पनीका सञ्चालक समितिका सदस्य भरत कुमार तोदीलाई अख्तियारी प्रदान […]

रिलायन्स लाइफ र सानिमा लाइफ बराबरी हैसियतमा मर्जरमा जाने

२९ असार, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभ्ने-गाभिने (मर्जर)सम्बन्धी प्राराम्भिक सम्झौता भएको छ । २९ असार बुधबार बिहान दुई कम्पनीले मर्जरको लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्ष गरेका हुन् । काठमाडौंमा एक समारोहका बीच रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्सका तर्फबाट संचालक घनश्याम […]

सानिमा लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत: ओपनिङ्ग रेन्ज कति ?

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर नेप्सेमा सूचीकरण गरिएको छ। बुधवार  नेपाल एटक एक्सचेञ्ज (नेप्से) र सानिमा लाइफ इन्स्योरेन्स बिच रु.१०० अंकित मूल्यको २ करोड कित्ता साधारण शेयर सूचीकरण सम्बन्धी सम्झौता पश्चात् शेयर सूचीकृत गरिएको हो। नेप्सेले सूचीकरण विनियमावली, २०७५ बमोजिम भाद्र १५ गतेको निर्णयानुसार सूचीकरण गरेको छ। सूचीकृत शेयर मध्ये १ करोड ४० लाख संस्थापकहरुको शेयर र ६० लाख सर्वसाधारणका लागि जारी गरिएको शेयर रहेको छ। नेप्सेले सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयरलाई "SLI" सिम्बोल प्रदान ...

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार?

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) दोस्रो बजारमा सूचीकृत भएको छ।

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडफाँड शनिबार सम्पन्न भएको छ । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको निष्कासनमा आवेदन दिने २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्द भएका ५ हजार ४ सय ३४ तथा अन्य कारणबाट आवेदन रद्द भएका १ लाख ०६ हजार २ सय ९२ बाहेक बाँकी रहेका योग्य आवेदनहरू २३ लाख ८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ । प्रभु क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री प्रबन्धक भई श्रावण २० गते देखि २४

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथमिक शेयर (आईपीओ) बिक्री खुला भएको छ। इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।  कम्पनीले हाल कायम जारी पूँजी रु. २ अर्बको ३० प्रतिशत अर्थात रु....

२० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ खुल्ने, कस्तो छ कम्पनी?

साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ)को बिक्री खुल्ला हुने भएको छ।कम्पनीको आइपिओमा २४ गतेसम्म आवेदन दिन सकिनेछ।

सानिमा लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध

काठमाडौं (अस) । सानिमा लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)  प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको छ । सम्झौतापत्रमा सानिमा लाइफका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे । सानिमा लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोडेपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानीलगायत लगानी ट्रान्सफरसम्बन्धी कारोबार बैंक खाताबाट सोझै गर्न सकिनेछ । यी सबै कारोबार सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीका बैंक खाताबाट हुनेछन् ।

सानिमा लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स पनि नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ ।कम्पनीले आफ्ना भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेस प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको हो । सम्झौता पत्रमा सानिमा लाइफका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।सानिमा लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोडेपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भे