चितवन । भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरुलाई आज कारागार चलान गरेको हो । जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्न भएका सीताराम बस्नेत र दिलीप श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो […]