डाेटी - अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालत अछामले चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।
जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका त्यही ठाउँका पृथ्वी शाही, वीरेन्द्र शाही, महेन्द्र शाही र देवेन्द्र शाहीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
गएको वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा भेटिएका थिए।
उहाँको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाह...