ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैङ्कले आज ‘ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था’को मस्यौदा सार्वजनिक गर्दै त्यसउपर माघ १३ गतेभित्र राय उपलब्ध गराइसक्न भनेको हो ।
काठमाडौँ । अर्थ सचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका छन् । उनलाई बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सपथ खुवाएका हुन् । पुष्कर २६ साउनमा अर्थसचिवमा सरुवा भएका थिए । अर्थसचिव राष्ट्र बैङ्कमा सञ्चालक समिति सदस्य रहने प्रावधान छ ।
काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरूले आज बालुवाटारस्थित राष्ट्र बैङ्क कार्यालय अगाडि कालो ब्यानर टाँगेका छन् । यसअघि १ साउनमा नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरू घाइते भएका थिए । गभर्नरको […]
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न […]
बलेवा । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैङ्क खातामा भेटी दान जम्मा गर्न सकिने भएको छ । प्रभु बैङ्कले क्युआर कोड सेवा सुचारु गरेपछि उक्त मन्दिरमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रणाली प्रवर्द्धन गरिएको हो । नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयका प्रमुख डा रामशरण खरेलले नेपालको बैङ्किङ क्षेत्रको आर्थिक कारोबारमा विद्युतीय माध्यममार्फत […]
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारीको इकाइले शङ्कास्पद कारोबारको अध्ययन सुरु गरेको छ । नेपालमा पछिल्लो समय भएका कारोबारहरु शङ्कास्पद देखिएपछि सो इकाइले सूक्ष्म अध्ययन गरेको हो । गत फागुन मसान्तसम्म १ हजार ५५६ वटा शङ्कास्पद कारोबारको प्रतिवेदन प्राप्त भएको राष्ट्र बैङ्कले बताएको छ । आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी सुपरिवेक्षकीय प्रभावकारिता अभिवृद्धिका निम्ति […]
काठमाडौँ । नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राष्ट्र बैङ्कबाट गोप्य सूचनाहरू चुहाएको आरोप लगाएका छन् । राष्ट्र बैङ्कको वार्षिकोत्सव समारोहमा बोल्दै उनले राष्ट्र बैङ्कबाट अति गोप्य सूचना पत्रकारलाई दिइएको भन्दै आक्रोश व्यक्त गरे । बन्द भएपछि राष्ट्र बैङ्क, बैङ्क र व्यापारिक घरानाको मिलेमतोमा एलसी खोलिएको विवरण सार्वजनिक भएका छन् । त्यसप्रति सङ्केत […]
काठमाडौँः नेपाल राष्ट्र बैङ्कले सात लाख रुपैयाँभन्दा माथि भएका नगद कारोबारको अनुसन्धान थालेको छ। अहिले बैङ्क तथा वित्तीय संस्थाबाट १० लाखदेखि माथि नगद झिक्न पाइँदैन।
पछिल्ला दिन नगदसहित मान्छे पक्राउ पर्ने, नगदको शङ्कास्पद कारोबार बढ्नुका साथै हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानीलगायतमा पनि नगद प्रयोग बढेको भन्ने विश्लेषणका आधारमा राष्ट्र बैङ्कले अनुगमन बढाएको…
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सीको कारोबार नेपालमा अवैध भएकाले त्यसमा संलग्न भए दण्डनीय हुने स्पष्ट पारेको छ । क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरिरहेका बेला परिरहेका बेला राष्ट्र बैङ्कले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा क्रिप्टोकरेन्सीले मान्यता नपाएको स्पष्ट पारेको छ । छोटो समयमा धेरै पैसा […]