१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न […]

सम्बन्धित सामग्री

दस अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क

सरकारलाई आन्तरिक ऋण जुटाउन नेपाल राष्ट्र बैङ्कले दस अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले भदौ १० गते आइतबार १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । भदौ ११ गते जारी गर्ने गरी राष्ट्र बैङ्कले छ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बोलकबोल गर्न लागेको जनाएको छ ।

दस अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क

नेपाल राष्ट्र बैङ्कले आइतबार १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । पाँचवर्षे अवधिको विकास ऋणपत्र २०८३ ‘च’ जारी गर्न लागेको राष्ट्र बैङ्कले जनाएको छ । बोलकबोल प्रक्रियाबाट बिक्री हुने ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा आम सर्वसाधारणले नेपाल राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्ने शुक्रबार जारी सूचनामा उल्लेख छ ।

ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क

सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । विकास ऋणपत्रको बोलकबोल साउन २८ र निष्कासन साउन २९ गते हुने राष्ट्र बैङ्कले जनाएको छ । आठ वर्ष अवधिको विकास ऋणपत्र साउन २९ गते निष्कासन मिति तोकिएको छ भने यसको परिपक्व हुने अवधि २०८८ साल साउन २९ गते हुने छ । राष्ट्र बैङ्कले जारी गर्ने उक्त विकास ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । ऋणपत्रको ब्याजदर (कुपनरेट) बोल कबोलबाट निर्धारण हुने बताइएको छ ।