ईयूको सुरक्षा सूचीबाट हटाउने पहलका लागि परिसंघको आग्रह

काठमाडौं। नेपाल उद्योग परिसंघले नेपालको हवाई सेवा यूरोपियन युनियन (ईयू)को सुरक्षा सूचीबाट हटाउने पहल थाल्न सरकारलाई आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भेट गरी परिसंघले यस्तो आग्रह गरेको हो ।  नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, ईयूले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रूपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा परिसंघले मन्त्री किरातीसँग छलफल गरेको छ । छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकार र निजीक्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । उनले यूरोपसँगको सीधा हवाई सम्पर्क पुन: स्थापित गर्न प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताए । यूरोपका पर्यटक धेरै खर्च गर्नेमध्येमा पर्ने भएकाले नेपालका उड्डयन क्षेत्रलाई ईयूको सुरक्षा सूचीबाट जतिसक्दो छिटो हटाउन पहल गर्नुपर्ने खाँचो उनले औंल्याए । परिसंघले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर पर्यटन समिति गठन गरेको अध्यक्ष अग्रवालले जानकारी गराए । साथै मन्त्रालयसँग नजिक रहेर काम गर्न परिसंघ प्रतिबद्ध रहेको उनले बताए । परिसंघले पोखरा अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सफल रूपमा सञ्चालनका लागि समेत मन्त्रालयको ध्यानाकर्षण गराएको छ । नेपाललाई फिल्मी गन्तव्यको रूपमा विकास एवं प्रवर्द्धन, पर्यटकीय क्षेत्रमा पुग्ने सडक यातायात मार्गको स्तरोन्नति, हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाइएको लगायत विषयमा समेत परिसंघले चासो राखेको छ ।  छलफलमा मन्त्री किरातीले नेपालको हवाई सेवा ईयूको सुरक्षा सूचीबाट हटाउन पहल भइरहेको बताए । ईयूसँग पुन: सीधा हवाई सम्पर्क स्थापित गर्न सरकारले विभिन्न माध्यमबाट संवाद अघि बढाएको उनको भनाइ थियो । नेपाल महँगो गन्तव्य भइरहेको अवस्थामा हवाई टिकटमा मूल्य अभिवृद्धि करको विषयमा आफ्नो असहमति रहेको समेत उनले बताए । नेपालका दुर्गम स्थानमा सेवा प्रवाह र नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन जहाज खरीदको तयारी भइरहेको जानकारी समेत मन्त्री किरातीले दिए । पर्यटन उद्योगको विकासका लागि सरकारले परिसंघसँग मिलेर काम गर्ने उनले बताए । 

सम्बन्धित सामग्री

उद्योगीको मनोबल उकास्न परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई उद्योगी व्यवसायीको मनोबल उकास्ने काम गर्न आग्रह गरेको छ। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मन्त्री रिजाललाई भेटेर यस्तो आग्रह गरेका हुन्।...

व्यवसायीको मनोबल उकास्ने नीति अवलम्बन गर्न परिसंघको आग्रह

नेपाल उद्योग परिसंघको टोलीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटी व्यवसायीको मनोबल उकास्ने नीति अवलम्बन गर्न आग्रह गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भेट गरी विद्यमान अर्थतन्त्र र औद्योगीकरणका विषयमा छलफल गरेको हो । छलफलमा मन्त्री भण्डारीले परिसंघले दिएको अवधारणा तथा […]

विकास खर्च बढाउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले विकास खर्च बढाउन आग्रह गरेको छ । परिसंघको टोलीले नवनियुक्त उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिँदै विकास खर्च बढाउन आग्रह गरेको हो । परिसंघका अध्यक्ष अग्रवालले पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको बताए । उनले पूर्वाधार […]

औद्योगिक क्षेत्रमा बढाइएको भाडा फिर्ता लिन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको बढाइएको जग्गा भाडा तत्काल फिर्ता गर्न आग्रह गरेको छ । परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर यस्तो अनुरोध गरेको हो ।भेटका क्रममा परिसंघको टोलीले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा फिर्ता गर्न र दीर्घकालिन रुपमा समस्या समाधान गर्न आग्रह गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ मंसिर ५ को बैठकले सरोकारवालाहरूको असहमति हुँदाह

तरलता अभाव सुधार्न परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनुपर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागिपरिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मौद्रिक नीतिको सुझाब दिँदै सरकारको ध्यानाकर्षण गराएको हो । यस्तै लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीति मार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय संचिति, लगानी प्रवद्र्धन गर्न तत्काल […]

आइटी पार्क निजी क्षेत्रको सहभागितामा बनाउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ ।परिसंघको आइटी काउन्सिलले सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सचिव डा. बैकुण्ठ अर्याललगायतसँग छलफल गरेको हो । परिसंघले भारत, फिलिपिन्सलगायतका मुलुकले दिए जस्तो सुविधा दिएर आइटी पार्क निजी क्षेत्रलाई बनाउन दिन आग्रह गरेको छ ।सूचना प्रविधि क्षेत्रबाट विदेशी […]

सूचना प्रविधि पार्क निजी क्षेत्रको सहभागितामा बनाउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा संचार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । परिसंघको आइटी काउन्सिलले सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सचिव डा. बैकुण्ठ अर्याल, सहसचिवसँग छलफल गरेको हो ।परिसंघले भारत, फिलिपिन्स लगायतका मुलुकले दिए जस्तो सुविधा दिएर आइटी पार्क निजी क्षेत्रलाई बनाउन दिन आग्रह गरेको छ । सूचना प्रविधि क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्ने अवसर राज्यलाई छ । सूचना प्रविधि निर्यातमा सतप्रतिशत मूल्यअभिवृद्धि (भ्यालु एडिसन) हुने भ

अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ ।नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायमा उच्च प्रतिफलको सम्भावना रहेकाले त्यस्ता क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न पहल गरिदिन परिसंघले आग्रह गरेको हो । परिसंघले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन […]

व्यापार घाटा न्यूनीकरणमा भूमिका खेल्न राजदूत शर्मालाई परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि र व्यापारघाटा न्यूनीकरणमा जोड दिन भारतका लागि नवनियुक्त राजदूत डा. शंकरप्रसाद शर्मासँग आग्रह गरेको छ । परिसंघले राजदूत शर्मासँग भेटेर भारतमा सहज विद्युत व्यापार र पर्यटन प्रबद्र्धन लगायतका क्षेत्रमा समेत भूमिका खेल्न अनुरोध गरेको हो ।दुई देशबीचको आर्थिक सम्बन्ध थपविस्तार गर्न नेपालले त्यसबाट अधिकतम लाभ लिने गरी सार्वजनिक नीजि साझोदारीमा काम गर्ने वातावरण निर्माणमा ध्यान समेत परिसंघको आग्रह छ । कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालम