लगातार ओरालो लागेको सेयर बजार गएको साता ५२ अंकले ओरालो लागेको छ । समूहगत रूपमा हेर्दा बिमा समूह सबैभन्दा धेरै २८० अंकले ओरालो लागेको छ । व्यापारबाहेक कुनै पनि समूह उकालो लागेका छैनन् । आउँदो साता पनि सेयर बजार उकालो लाग्न सक्ने सम्भावना देखिँदैन, तर सरकार गठन भएको खण्डमा लगानीकर्ता उत्साही भई खरिदमा चाप पर्न सक्छ । आउँदो साता सेयर बजारमा तरलताको प्र्रत्यक्ष असर देखिन सक्ने सम्भावना छ । अहिले नै वाणिज्य बैंकहरुले ब्याजदर बढाउन लागिसकेकाले यसको पहिलो असर यही देखिन्छ । साथै राजनीतिक र अन्य कारणले पनि बजार ओरालो लाग्न सक्ने देखिन्छ ।