लगातार पाँचौ दिन बढ्दै यो साता शेयर बजार बन्द भएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीवार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।
नेप्सेको यो बृद्धि साताभर निरन्तरको पाँचौ दिन हो ।
यस दिन १३.०३ अंकले बढेर नेप्से परिसूचक २७ सय ८२.१७ को बिन्दुमा उक्लिँदा कारोबार रकम भने ५ अर्ब ३९ करोड ५२ लाख खुम्चिएको छ ।
बिहीबार २२२ कम्पनीको ५२ लाख ३६ हजार ६१३ कित्ता शेयर दोस्रो बजारमा ५९ हजार १४० पटक खरिद बिक्री भएको थियो ।
आज रिडी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर पार्टनरको लगान...