वरिष्ठ नेता पौडेल उपस्थित नभएपछि कांग्रेसको बैठक स्थगित, निराश हुँदै फर्किए सभापति देउवा :: Pahilopost.com

काठमाडौं: आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित नभएपछि बैठक स्थगन भएको हो। नेता पौडेल अस्वस्थ भएका कारण समितिको बैठकमा उपस्थित नभएकाले बैठक स्थगन भएको बताइएको छ। नेता पौडेललाई इन्डोस्कोपी गरिएकोले आराम गरिरहेको बताइएको छ। बैठक भोलि दिउँसो २ बजेका

सम्बन्धित सामग्री

संसदीय दलको नेतामा देउवालाई मेरो समर्थनः वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसभित्र विश्वासको वातावरण तयार गर्न काँग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेको बताएका छन् । मंगलवार सिंहदरबारमा संसदीय दलको नेतामा देउवाको प्रस्तावकका रुपमा पुगेका उनले अहिलेको असहज परिस्थितीमा नेपाली काँग्रेसभित्र विस्वासको वातावरण बनाउन आवश्यकता भएकाले पार्टी सभापति शेर बहादुर देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेको बताए । उनले संसदीय दलको नेतामा सभापति देउवा निर्बिरोध

१० जिल्लामा कांग्रेस अधिवेशन सकिँदा पौडेल पक्ष हाबी, कहाँ को भए सभापति?

वरिष्ठ नेता पौडेल पक्षनिकट ६ जिल्ला सभापति चयन भएका छन् भने ४ जिल्लामा सभापति देउवा निकटले जितेका छन्।

विपक्षी गठबन्धनका शीर्ष नेता देउवा निवासमा

विपक्षी गठबन्धनका नेताहरुबीच छलफल चलिरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विहान साढे ९ बजेबाट छलफल जारी छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीका अनुसार छलफलमा काँग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, पुष्पा भुसाल, राधेश्याम अधिकारीलगायत छन् ।यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, कृष्णबहादुर महरा तथा एमालेको खनाल नेपाल पक्षबाट नेता माधव नेपाल र भीम र

कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल पोखरा आउँदै

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पोखरा आउने भएका छन् । यही चैत १७ गते उनीहरू पोखरा आउने भएका हुन् । प्रथम प्रदेशस्तरीय आदिवासी जनजाति भेला एवं प्रशिक्षण कार्यक्रमलाई संशोधन गर्ने सभापति देउवा र वरिष्ठ नेता पौडेल पोखरा आउने भएका हुन् । कार्यक्रममा उनीहरूको साथमा पार्टीका पदाधिकारी र जनजाति सङ्घका नेताहरू पनि सहभागी हुने बताइएको छ ।

देउवा–पौडेलको ५० वर्ष लामो प्रतिस्पर्धात्मक दोस्ती

नेपाली कांग्रेसका सभापति देउवा र वरिष्ठ नेता पौडेल विद्यार्थीकालदेखिकै दौँतरी हुन् । प्रतिबन्धित पञ्चायतकालदेखि उनीहरूको दोस्ती अनेक तितामीठा प्रतिस्पर्धा गर्दै अहिलेको स्थितिसम्म आइपुगेको छ

पदीय पजनी र चुनावी फोबिया

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सम्बन्धित दुईवटा निकै रमाइला समाचार आए एक÷डेढ हप्ताको अन्तराल पारेर । पहिलो समाचार थियो– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने प्रस्ताव गर्नुभयो । यदि काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाका प्रचण्ड–नेपाल समूहसँग संयुक्त आन्दोलन गरेर प्रतिनिधिसभा पुनःस्थापना गराउन सहयोग गरेको खण्डमा । त्यो समाचारको खण्डन सम्बद्ध कुनै पक्षबाट भएन बरु काँग्रेसका वरिष्ठ नेता पौडेल नेकपाका अध्यक्षद्वय दाहाल– नेपालकै बराबरीमा प्रतिनिधिसभा विघटनविरुद्ध पुनःस्थापनाको पक्षमा उभिन पुग्नुभयो । विघटनप्रति नरम वा कडा के हुने भन्ने विषयमा विवाद हुँदा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच ङ्यारङुर्र नै चलेको समाचार आयो ।

केन्द्रीय समिति बहिस्कारको चेतावनीपछि पौडेललाई मनाउन बोहराटार पुगे देउवा

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीलाई सहमति एवं सहकार्यमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ।  आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका कार्यसूची र पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सम्बन्धमा छलफलका लागि सभापति देउवा आज बिहान वरिष्ठ नेता पौडेल निवास बोहराटार पुगेका