नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसभित्र विश्वासको वातावरण तयार गर्न काँग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेको बताएका छन् । मंगलवार सिंहदरबारमा संसदीय दलको नेतामा देउवाको प्रस्तावकका रुपमा पुगेका उनले अहिलेको असहज परिस्थितीमा नेपाली काँग्रेसभित्र विस्वासको वातावरण बनाउन आवश्यकता भएकाले पार्टी सभापति शेर बहादुर देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेको बताए । उनले संसदीय दलको नेतामा सभापति देउवा निर्बिरोध