कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल पोखरा आउँदै

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पोखरा आउने भएका छन् । यही चैत १७ गते उनीहरू पोखरा आउने भएका हुन् । प्रथम प्रदेशस्तरीय आदिवासी जनजाति भेला एवं प्रशिक्षण कार्यक्रमलाई संशोधन गर्ने सभापति देउवा र वरिष्ठ नेता पौडेल पोखरा आउने भएका हुन् । कार्यक्रममा उनीहरूको साथमा पार्टीका पदाधिकारी र जनजाति सङ्घका नेताहरू पनि सहभागी हुने बताइएको छ ।