शताब्दी पुरुष सत्यमोहन जोशीलाई ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आईसीयूमा सारिएको छ । १०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि उक्त अस्पतालको उपचार भइरहेकोमा पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।