काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म मात्रै खाद्य पसल खोल्न पाइने, बेलुका नपाइने

काठमाडौं उपत्यकामा खाद्यान्न पसलहरू बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ ।  मंगलवार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीयो)हरूको संयुक्त बैठकले बिहान ९ बजेसम्म मात्रै पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।  यस अघि काठमाडौं उपत्यकामा बिहान र बेलुका दुई पटक पसल सञ्चालन गर्न दिने निर्णय भएको थियो । कोरोना संक्रमणको दर बढ्दै जाँदा सीडीयोहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले जारी निषधाज्ञालाई थप एक साता लम्ब्याउने निर्णय समेत गरेको छ । 

सम्बन्धित सामग्री

भोलिदेखि डिपार्टमेन्टल स्टोर, सपिङ मललगायत सबै प्रकारका पसल खोल्न पाउने

काठमाडौं।काठमाडौं उपत्यकामा भोलिदेखि सबै प्रकारका पसलहरु खोल्न पाइने भएको छ।भोलिदेखि थप एक साता लागू गरिने निषेधाज्ञा खुकुलो गरिएपछि पसल खोल्न पाइने भएको हो।उपत्यकाका तीन जिल्लाले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक पसलहरु साँझ ६ बजेसम्म खोल्न पाइने उल्लेख छ।यस्तै डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामाग्री पसल, कपडा,जुत्ता, फेन्सी, कपडा, मार्बल,फर्निचर लगायतका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ।

कुन बार कुन पसल खुल्ने?

काठमाडौं। उपत्यकामा बारअनुसार बिहान ११ देखि ४ बजेसम्म पसल खोल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजान बारअनुसार पसल खोल्ने निर्णय गरेको हो। अब सपिङ मल, खेलकुद सामाग्री, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट, टेलरिङ सोमबार, बुधबार र शुक्रबार र सुन, भाँडा, भान्सा, विद्युतीय घरायसी, अटोमोबाइल्स, मोबाइल÷कम्प्यूटर पसल आइतबार, मंगलबार र बिहीबार खुल्नेछन्।

काठमाडौं उपत्यकाको निषेधाज्ञा असार ७ सम्म निरन्तर, के–के खुल्छन्?

काठमाडौं :  काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ।  आजदेखि असार ७ गतेसम्म थप गरिएको निषेधाज्ञालाई यसअघिको भन्दा केही खुकुलो बनाइएको छ।आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाहरूको बैठकले सर्वसाधारणहरूका लागि निषेधाज्ञा केही खुकुलो बनाएका हुन्। आजदेखि खाद्यान्‍न फलफूल र पुस्तक पसल खोल्ने समय  थपिएको छ। आजदेखि विहान ११ बजेसम्म यी पसल खोल्न दिने निर्णय भएको।यस्तै  अपरान्ह ४ बजेदेखि हार्डवेयर पसल खोल्न पाइने भएको छ। सवारी साधन बनाउने ग्यारेज भ

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, खाद्यान्नका पसलसमेत खोल्न नपाइने

शुक्रबारदेखि उपत्यकामा खाद्यान्न पसल खोल्न पाइने छैन भने नियमविपरीत कार्य गर्नेलाई विभिन्न सजायको व्यवस्था गरिएको छ।

काठमाडौंमा अब बिहान १० बजेसम्म खाद्यन्न पसल खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधिमा बिहान १० बजेसम्म खाद्यान्नको पसल खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भौतिक दूरी कायम गरेर बिहान १० बजेसम्म खाद्यान्न, दूध डेरी,...

काठमाडौं उपत्यकामा बिहान १० बजेसम्म पसल खोल्न पाइने

२८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा अब बिहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो । ‘आम नागरिकले भौतिक दूरी काम गरेर किनमेल गर्ने गरी बिहान १० बजेसम्म पसल सञ्चालन गर्न दिने […]