काठमाडौं: सरकारले कोभिड-१९ को संक्रमण बढ्दै गएसँगै स्वास्थ्य सुरक्षाका नयाँ मापदण्ड जारी गरेको छ। अब स्वास्थ्य मापदण्ड पालना नगरी सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छैन।
मन्त्रिपरिषद्को सोमबारको बैठकले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाउने गरी नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको हो। सार्वजनिक यातायात चढ्ने सबैले अनिवार्य मास्क लगाउनु…