कोभिड–१९ बाट मृत्यु भएकाको परिवारले आर्थिक सहयोग प्राप्त गर्ने भएका छन् । स्वास्थ्य कार्यालय तनहुँले कोभिड–१९ बाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्न लागेको हो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र २०७८ बमोजिम आर्थिक सहयोग गर्न लागिएको कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए । गण्डकी प्रदेश सरकारको स्वास्थ्य शाखा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ