मेनपावर व्यवसायीहरुले प्रधानमन्त्री प्रचण्डलाई सुनाए आफ्ना समस्या

काठमाडौं । नेपाल मेनपावर व्यवसायी संघले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफ्नो समस्या राखेका छन् । मंगलबार संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री दाहाललाई भेटेर वैदेशिक रोजगारमा इजाजतपत्र प्राप्त संस्थाहरुले वार्षिक १०० जना कामदार पठाउनुपर्ने बाध्यकारी व्यवस्था, मागपत्र प्रमाणीकरण, सेवा शुल्क, जापान रोजगारका र घरेलु कामदार पठाउने विषयमा आफ्ना समस्या राखेको छ । उक्त अवसरमा […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। लघुवित्त र सहकारी पीडितका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पीडितहरुसँग छलफल गरेका छन्। लघुवित्त पीडितहरु गभर्नरको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन्। सरकारले विद्युतीय ट्याक्सी खरिद गर्ने निर्णयविरुद्ध ट्याक्सी व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। लक्ष्यअनुसार राजश्व संकलन नभएपछि राजश्व अनुसन्धान विभागले बजार अनुगमन बढाउने भएको छ।

अटोमोवाइल क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरे अटोमोवाइल क्षेत्रको समस्या समाधान गरिदिन आग्रह गरेको छ । नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको व्यवसायीहरुले आफ्ना समस्या राखेका हुन् । भेटघाटमा नाडा अध्यक्ष चौधरीे अहिले अटोमोवाइल क्षेत्र निकै कमजोर अवस्थामा पुगेको बताउँदै अटो लोनमा रहेको जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम […]

व्यवसायीको समस्या बारे ध्यानार्षण

वीरगञ्ज- वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । शुक्रबार भेटका क्रममा अध्यक्ष अग्रवालले व्यवसायीहरुले भोगिरहेको समस्याका बारेमा ध्यानार्षण गराए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालले हाल वीरगञ्ज लगायत पर्सा बारा क्षेत्रमा अवस्थित उद्योग व्यापारमा आएको समस्या र व्यवसायीक कठिनाइहरुका बारेमा ध्यानाकर्षण गराए । विशेष गरी उद्योग व्यवसायको […]

तातोपानी नाका सञ्चालन नहुँदा मारमा भन्सार मजदूर

भदौ १४, सिन्धुपाल्चोक । चीन जोड्ने उत्तरी नाका तातोपानीबाट दुई महीनायता न्यून मात्रामा सामग्री आयात भएको छ । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने मोटरेबल पुल र कोदारी राजमार्गकोे लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत १ असारदेखि नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन  ।  जसका कारण चीनको विभिन्न व्यापारिक सहरबाट तिब्बतको खासामा आइपुगेका सामान सडकको कारणले तातोपानी भन्सार ल्याउन नसक्दा मजदूरहरु अलपत्र परेका छन् ।  हाल खासाबाट दैनिक बढीमा दुई गाडी सामान मात्र आइरहेको छ । तातोपानी नाकामा काम गर्ने मजदूर संघका ५०० मजदूर दुई महीनादेखि बेरोजगार छन् । ‘सडकका कारण खासाबाट सामान नआउँदा मजदूरहरुले काम पाउन छाडेका छन्’, तातोपानी भन्सार सुक्खा बन्दरगाह मजदूर संघका अध्यक्ष तेम्बोछिरी शेर्पाले भने ‘कति मजदूर त नाका छोडेर हिँडिसकेका छन् ।’ खासाबाट कन्टेनर आउन छोडेकोले मजदूरले काम नपाएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । ‘मजदूरले काम नपाउने समस्या त छँदैछ सामान ल्याउन लागत समेत बढेको छ,’ भन्सार अधिकृत गौतमले भने ‘खासा आइपुगेका सामान बोकेर ल्याउँदा लागत बढ्नुको साथै समय पनि खेर गइरहेको छ ।’ खासाबाट सीधै लार्चा सुक्खा बन्दरगाह ल्याइनुपर्ने सामान लिपिङपुल र कोदारीमा झारेर पल्टी गर्दा लागत बढेको उनले बताए ।  कोदारी राजमार्ग आंशिक रूपमा सञ्चालन भएसँगै अहिले लिपिङपुलमा मात्रै सामान झारेर मजदूरले बोकेर वारी तार्ने गरेका छन् । लिपिङपुलबाट बोकेर कोदारी कटाउँदा एक लाख २० हजार थप लागत बढ्ने गरेको व्यवसायीहरुले बताएका छन् । ‘एक गाडी सामान ओसार्दा ४० हजारसम्म ज्याला दिनुपरेको गुनासो व्यापारीहरुको छ भने मजदूरहरुले काम नपाइएको भन्दै आएका छन्’, भोटेकोशी गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले भने ‘नाकालाई व्यवस्थित गर्न र सडक सुचारुको लागि संघीय सरकारलाई आग्रह गरेका छौं ।’  सडक अवरुद्ध भएपछि सयौँ मालबाहक कन्टेनर न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएकाले सामान लिपिङबाट तुइन र बोकेर ल्याउनुपर्दा ढुवानी भाडा बढी पर्ने गरेको पौडेलले बताए । भूकम्पपछि चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले कोदारी राजमार्गको अस्थायी मर्मत गर्दै आएको छ । तर, सिआरसिसीले बनाएको सडक महीना दिन पनि नटिकेको पौडेलले बताए ।  सडक मर्मत नहुँदा तातोपानी भन्सार कार्यालयले साउन महीनामा जम्मा ७ करोड २१ लाख राजस्व संकलन गरेको छ । असार महीनामा भन्दा साउनमा राजस्व कम संकलन भएको भन्सार अधिकृत गौतमले बताए । ‘असारमा ११ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो’, गौतमले भने ‘तर साउनमा लक्ष्य अनुरुपको राजस्व उठ्न सकेन ।’ सडक मर्मत भई पूर्ण सुचारु हुने हो भो चाडपर्व नजिकिएको कारण राजस्व संकलनमा वृद्धि हुने उनको भनाइ छ ।  दुई महीनादेखि भत्किएको लिपिङपुल निर्माण भइरहेकोले राजमार्ग पूर्ण सञ्चालनमा आउन अझै केहि समय लाग्ने सडक डिभिजन कार्यालय चरिकोटले जानकारी दिएको छ । लिपिङपुलको दुवैपट्टि जगमा ढुंगा भरेर जालीगाह्रो उठाइएको छ । महीना दिनदेखि सडक खुलाउन लागेको बताउँदै कार्यालयका इन्जिनियर विजय महतोले अझै दुई साताभन्दा बढी मर्मतको लागि समय लाग्ने जनाए ।  नेपाली चाडपर्व दशैँ–तिहार नजिकिएकाले व्यापारीले चीनबाट खरीद गरेका सामानको सहज आयातका लागि तत्काल पहल गर्नुपर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतको भनाइ छ । ‘नाका सहज बनाउन र सडकको तत्काल मर्मतको लागि हामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण समेत गराएका छौं’, बस्नेतले भने ।

सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन माग

व्यवसायीहरुले सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन् । बजारमा सुनचाँदीको आपूर्ति व्यवस्था प्रभावकारी बन्न नसकेको भन्दै व्यवसायीलाई परम्परागत व्यवसाय सञ्चालन गर्न समस्या परेको उनीहरुले गुनासो गरे । विभिन्न परम्परागत सीप तथा कला संरक्षणमा तथा प्रवद्र्धन तथा औद्योगिकरण गर्ने उद्देश्यबाट स्थापित बीजी एण्ड ग्रुप कम्पनीले लागि आवश्यक कच्चा पदार्थ (सुनचाँदी) आपूर्तिको […]

यातायात व्यवसायी र मजदूरलाई राहतको व्यवस्था गर्नुपर्छ : प्रचण्ड

ललितपुर : यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ। अध्यक्ष निवास खुमलटारमा भएको भेटमा व्यवसायीहरुले कोभिड–१९ पश्चात यातायात सञ्चालनमा देखिएका समस्याबारे ध्यानाकर्ष...