सप्तकोशी नदीको बाढी बस्तीमा पसेर कैयन स्थानीय बासिन्दाहरु प्रभावित भएका छन् । बढी उदयपुरको बेलका नगरपालिका १,२,३,८ र ९ नम्बर वडाको क्षेत्रमा पसेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडा पनि डुबानमा परिसकेको छ ।बुधवार बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । जसको असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा सतर्कता अपनाइएको छ । बस्तीमा पसेका कारण आसपासका उदयपुर, सुनसरी, सप्तरी लगायतका जिल्लाका करिव २० हजार मानिस प्रभावित हुनसक्ने आँकलन गरिएको छ । नदीक