विश्व पर्यटन दिवसः पर्यटकलाई बसपार्क र विमानस्थलमै स्वागत

४३औं विश्व पर्यटन दिवसको अवसर पारेर मंगलबार पोखरा भित्रिने विदेशी पर्यटकलाई विमानस्थल र पर्यटक बसपार्कमा स्वागत गरिएको छ। पहिलो उडानमार्फत पोखरा विमानस्थलमा ओर्लेका पर्यटकलाई विमानस्थलमा र स्थलमार्गबाट भित्रिएका पाहुनालाई पर्यटक बसपार्कमा स्वागत गरिएको हो...

सम्बन्धित सामग्री

लुम्बिनीमा पर्यटक छन्, पर्यटन छैन

लुम्बिनी । ‘पसलमा राखिएका हस्तकलाका सामग्रीहरू विक्री नभएको २० दिन बितेको छ,’ लुम्बिनी बसपार्कस्थित सिद्धार्थ ह्यान्डी क्राफ्टसका सञ्चालक विष्णुबहादुर बस्नेतले भने, ‘वैकल्पिक व्यवसाय पनि छैन, गुजारा चलाउनै गाह्रो छ ।’ व्यवसायको आम्दानीबाट बिजुली, पानी र सटरभाडाको जोहोसमेत गर्न नसकेको उनले दुखेसो पोखे ।  पिन्टुलाल बनियालाई पनि होटेल ग्रिन लुम्बिनी भ्यू कसरी सञ्चालन गर्ने भन्ने चिन्ताले सताएको छ । ‘रु पाँच करोडको लागतमा आठ वर्षअघि निर्माण गरेको होटेलले आम्दानीले खर्च धान्न छाडेको छ, लगानी त परै जाओस् सञ्चालन खर्च समेत धान्न गाह्रो छ,’ उनले भने, ‘मौसमी कमाईले वर्ष दिन धान्नुपर्ने बाध्यता छ ।’ यही अवस्था रहेमा होटल बन्द गर्नुबाहेक उनले अर्को विकल्प देखेका छैनन् ।  केही समययता देखिएको आर्थिक मन्दीको असर धेरैतिर परेको अर्का व्यवसायी अब्दुल मोबिन बताउँछन् । ‘केन्द्रीय नहरमा डुङ्गा चलाउन ठेक्का लिएकै वर्ष कोरोनाले थला पारेको व्यवसाय सुध्रन दुई वर्ष कुर्नुप¥यो,’ ठेकेदार (डुङ्गा सञ्चालक) अब्दुल मोबिन मुसलमानलले भने, ‘अवस्था सुधारात्मक छ, पर्यटकको सङ्ख्या पनि बढ्दो छ । तर, दुई वर्षको घाटा पूर्तिको विकल्प छैन ।’  लुम्बिनीमा प्रतिवर्ष हजारौं तीर्थयात्री धार्मिक पूजा–अर्चना तथा अध्यात्म पाठ गर्न आउँछन् । ठेकेदार मुसलमानलले भने, ‘संसारभरका बुद्धमार्गीहरूका लागि पवित्र गन्तव्य लुम्बिनीभित्र प्रवेश, बहिर्गमन मार्ग र व्यवसाय स्थलको तालमेल नमिल्दा लाभ लिन सकिएको छैन ।’  सन् २०२३ को जनवरीदेखि मे महीनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ पर्यटक लुम्बिनी भित्रिएका छन् । गत वर्ष सन् २०२२ को यसै पाँच महीनामा तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । यसरी गत वर्षको भन्दा यस वर्षको सङ्ख्या एक लाख आठ हजार चार सय ८६ ले बढी रहेको तथ्याङ्क छ ।  ‘लुम्बिनीमा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि व्यापार भने बढ्न सकेको छैन,’ लुम्बिनी पर्यटन व्यवसायी सङ्घका अध्यक्ष ५८ वर्षीय हुसेनी लोधले भने, ‘लुम्बिनीको प्रमुख पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल (मायादेवी मन्दिर)देखि बसपार्क छेउमा रहेको हाम्रो व्यवसाय स्थलको दूरी झण्डै दुई किमी छ, जुन त्यसै पनि व्यवसायका लागि हितकर छैन ।’  लुम्बिनी घुम्न आउने जोसुकैले कम्तीमा एकपटक मायदेवी मन्दिर पस्ने नै भएकाले पर्यटन व्यवसायीलाई सोही नजिक व्यवसाय सञ्चालन गर्न पुनः व्यवस्था मिलाउनु पर्ने उनको माग छ । अहिलेको व्यवसाय स्थल र पर्यटकको सम्बन्ध व्यावहारिक नरहेको उनको भनाइ छ । ‘विसं २०६९ अघि मायादेवी मन्दिर नजिक सञ्चालनमा रहेका पर्यटन व्यवसाय राम्रै चलेको थियो । तर, त्यसपछि सञ्चालनमा सहज भएको छैन,’ अध्यक्ष लोधले भने ।   ‘लुुम्बिनी विकास कोषले २०६९ सालमा व्यवसायीको सङ्ख्या ३४ बाट बढाएर ७० पु¥याई बसपार्क छेउमा ल्याएर राखेपछि नै व्यवसाय बिग्रिएको हो,’ लोधले भने, ‘२०६९ सालदेखि हामी पीडित छौं, पछिल्लो दुई वर्ष त कोरोनाले भ्यायो । पहिला मायादेवी मन्दिर नजिकको ठाउँमा दैनिक रु पाँच हजारसम्म व्यापार हुन्थ्यो, अहिले शून्य छ ।’ पर्यटक नै नहुने ठाउँमा घाटाको व्यवसाय गर्नुको कुनै औचित्य नरहेको उनको भनाइ छ ।  लुम्बिनीका व्यवसायीहरूले यहाँ भ्रमणमा आउने भारतीय पर्यटकहरूबाट खासै लाभ लिन सकेका छैनन् । भारतीय ट्राभल एजेन्सी र टुर गाइडहरू पर्यटकहरूलाई सिधै गाडीबाट ल्याउने र दुई÷तीन घण्टा घुमाएर पुनः स्वदेश फर्काउने गरेकाले यहाँका व्यवसायीले सोचेअनुरुप लाभ लिन नसकेका हुन् । ‘पर्यटकहरु हुर्रर आउँछन्, मायादेवी मन्दिर दर्शन गर्छन्, फोटो खिच्छन् र उही दिन फर्किहाल्छन्,’ लुम्बिनी होटेल सङ्घका अध्यक्ष गोविन्द ज्ञवाली भन्छन्, ‘यसरी लुम्बिनी आउने पर्यटकको हुल हेर्ने र सङ्ख्या गनेर बस्ने मात्रै भयौं, व्यवसायमा सुधार हुन सकेन ।’  लुम्बिनी होटेल सङ्घका अध्यक्ष ज्ञवाली लुम्बिनी घुम्न आउने पर्यटकको बसाइँ लम्बाउने योजना र वातावरण मिलाउन नेपाल सरकार र लुम्बिनी विकास कोषसँग आग्रह गर्छन् ।   कम्तीमा एक रात मात्रै बास बसाल्ने वातावरण बनाउन सके पनि धेरै लाभ हुने उनको तर्क छ । ‘भारतीय ट्राभल एजेन्सी र टुर गाइडको भर पर्दा यहाँ भारतीय पर्यटक बस्ने वातावरण नबनेको हो,’ अध्यक्ष ज्ञवालीले भने, ‘त्यसैले बेलहिया आइसकेपछि नेपाली टुर गाइडमार्फत भ्रमण नगराउँदासम्म यहाँ पर्यटकलाई एक रात पनि अडाउन सकिन्न ।’ यसैगरी लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले बुद्ध जन्मस्थल लुम्बिनीलाई बुद्धको जीवनीसँग सम्बन्धित तिलौराकोट, रामग्राम र देवदहलाई जोडेर बृहत् अध्यात्मिक केन्द्र र शान्ति शहरको रूपमा विकास गर्न सके पर्यटकको बसाइँ लम्ब्याउन सकिने र व्यवसायीले पनि लाभ लिन सक्ने बताए । उनी भन्छन्, ‘पर्यटकका लागि अत्यावश्यक सामग्रीको सहज उपलब्धता, शान्ति र सुरक्षाको प्रत्याभूति तथा आनन्दको अनुभूति दिने खालका अध्यात्मिक वातावरण तथा सोही अनुकूल भौतिक पूर्वाधार सिर्जना गर्न सकियो भने पर्यटन व्यवसाय वृद्धि हुने निश्चित छ ।’  ‘आन्तरिक र बाह्य दुवै पर्यटकलाई लुम्बिनी आउँदा धेरै दिन भुलाउन मिल्ने छुट्टै आध्यात्मिक वातावरण र भौतिक पूर्वाधार चाहिन्छ,’ लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरीले भने, ‘लुम्बिनीको बृहत्तर विकासका लागि यस क्षेत्रका अन्य महत्त्वपूर्ण पर्यटकीय स्थललाई समेत जोडेर ‘टुर प्याकेज’ बनाउन सक्नुपर्छ ।’  उनले बौद्धमार्गी भएका विश्वका ३० भन्दा बढी देशमध्ये सम्भव भएका देशहरूमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सिधा उडान भरेर धेरै पैसा खर्च गर्न सक्ने गुणस्तरीय पर्यटक तान्न सरकारी पहलको खाँचो औंल्याए ।  लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोष पाण्डेयले लुम्बिनीमा पर्यटकको बसाइँ लम्ब्याउन तीनै तहका सरकारबीच सहकार्य भइरहेको बताउँछन् । लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी वरपरका पुरातात्विक तथा धार्मिक स्थल अवलोकन गराउने वातावरण मिलाउनुपर्ने उनको भनाइ छ ।  भगवान गौतम बुद्धसँग सम्बन्धित ठाउँहरूमध्ये अन्यत्रभन्दा फरक लुम्बिनीको पहिचान र चिनारी राम्रोसँग दिन सक्यौं भने मात्रै पर्यटक रमाउने र खर्च गर्ने पूर्व नगरप्रमुख मनमोहन चौधरीले बताउँछन् । भारतको बोधगया, कुसीनगर, सारनाथ, अयोध्या, हरिद्वार र बनारसलगायतका सहरमा लुम्बिनीको बजारीकरण गरेर यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ ।  उनले सरकारी निकायले लुम्बिनीको महत्त्वलाई अझ गहिरोसँग बुझ्न आवश्यक रहेको बताए । उनले लुम्बिनी एक÷दुई दिन घुमेर पुग्ने ठाउँ होइन, लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले लुम्बिनी घुम्न र बुझ्न समय लाग्ने बताए । उनले भने, ‘लुम्बिनी विश्वकै अति महत्त्वपूर्ण, पवित्र र अलौकिक स्थल हो, यसको भ्रमण गर्न जोसुकैका लागि कम्तीमा पनि एक हप्ता चाहिन्छ ।’  लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले पर्यटकीय विभिन्न सम्पदाहरूको निर्माणका कार्यहरू भइरहेकाले विस्तारै पर्यटकहरूको आकर्षण बढ्ने बताए । यसको लागि तीनै तहका सरकार, निजी व्यवसायीको सहकार्य गर्नुपर्ने उनको जोड छ ।  सूचना अधिकृत राईका अनुसार लुम्बिनी भ्रमणमा आउने अधिकांश आन्तरिक पर्यटकको बसाइँ एक दिनको पनि नभएको तर तेस्रो मुलुकका पर्यटकको बसाइँ अवधि विगतभन्दा बढ्दै गएर औसतमा १.८८ दिन पुगेको छ ।  कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले लुम्बिनीमा पर्यटक सङ्ख्यामा वृद्धि हुनुले विश्व समुदायमा विस्तारै लुम्बिनीको प्रचारप्रसार बढ्दै गएको बताउँछन् । रासस

नगर विकासले पायो पोखराको पर्यटक बसपार्क

पर्यटन विभागले पोखरास्थित पर्यटकीय बसपार्कको स्वामित्व पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ ।

नगर विकासले पायो पोखराको पर्यटक बसपार्क

पर्यटन विभागले पोखरास्थित पर्यटकीय बसपार्कको स्वामित्व पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ ।

पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ

मुलुकको संघीय राजधानी काठमाडौंमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बस विभिन्न स्थानमा रहन बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटकलाई बोक्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा बौद्ध, सोह्रखुट्टेलगायत सडकबाट पर्यटकीय बस देशका विभिन्न भागमा आवतजावत गर्दै आएका छन् ।कोरोना महामारीबाट नराम्रोसँग थला परेको नेपालको पर्यटन व्यवसायलाई अगाडि बढाउन सरकारले विभिन्न कार्यक्रम अगाडि सारेपनि संघीय राजधानी काठमाडौंमै पर्यटकीय बसका लागि पार्किङस्

चाँगुनारायणमा घरबास पर्यटन शुरू

काठमाडौं । रात्रिकालीन पर्यटन प्रवर्द्धनका लागि चाँगुनारायण नगरपालिका–४ चाँगुमा सामुदायिक घरबास सञ्चालन गरिने भएको छ । २०७२ सालअघि केही घरमा सञ्चालनमा रहेका घरबास विनाशकारी भूकम्पपछि बन्द भएका थिए । चाँगुनारायणमा पर्यटकीय आकर्षणको रूपमा विस्तार गर्न नगरपालिकाको आर्थिक सहयोगमा पुनः घरबास पर्यटन शुरू हुने भएको हो । कोभिड–१९ को महामारी शुरू भएपछि संकटमा परेको पर्यटन व्यवसाय पुनः सञ्चालन गर्दै ग्रामीण क्षेत्रका बासिन्दालई पर्यटनसँगै जोड्दै आर्थिक अवस्था उकास्ने उद्देश्यले नगरपालिकाले घरबास सञ्चालनमा सहयोगसमेत गर्ने भएको छ । नगर प्रमुख सोमप्रसाद मिश्रले घरबास सञ्चालन गर्न समस्या भए सहयोग गरिने बताए । ‘पैसा नभएर काम रोकिँदैन, घरबास सञ्चालन गर्न इमानदार भएर काम शुरू गरे सहुलियत पूर्ण ब्याजमा नगरपालिकाले ऋण उपलब्ध गराउन मद्दत गर्नेछ ।’ भक्तपुर आउने पर्यटकमध्ये केही प्रतिशतलाई मात्र नगरकोट र चाँगुनारायण क्षेत्रमा आकर्षित गर्न सके स्थानीयस्तरमा परिर्वतन हुने उल्लेख गर्दै उनले स्थानीय भाषा, कला, संस्कृतिको संरक्षण गर्दै मौलिक खाना पाहुनालाई एकरात राखेर सांस्कृतिक पहिचान देखाउँदै घरबास सञ्चालन गर्न सके झनै लोकप्रिय हुने नगरप्रमुख मिश्रले बताए । चाँगुनारायण नगरक्षेत्रका जंगलमा दुर्लभ वन्यजन्तु, चराचुरुङी रहेको, झरना, पोखरी र सिमसार क्षेत्रको अवलोकन गर्दै पर्यटक रमाउन सक्ने प्रशस्त ठाउँ रहेको भन्दै उनले नगरपालिकाको लगानीमा यस्ता ठाउँको पहिचान गर्न पर्यटकीय गन्तव्य बनाउन विभिन्न संरचना निर्माणमा नगरपालिका जुटेको बताए  नगरपालिकाका उपप्रमुख विना बास्तोलाले आर्थिक समद्धि र विकासका लागि पर्यापर्यटन निकै महत्त्वपूर्ण हुने भन्दै घरबास पर्यटनबाट यहाँको पर्यटन एवं आर्थिक विकासमा टेवा पु¥याउन नगरपालिका तयार रहेको बताइन् । वडा नं ४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले चाँगुनारायण क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न नगरपालिकाले यहाँका सम्पदादेखि मौलिक संस्कृतिको विकासमा लगानी गर्न थालेको बताए ।      यसका लागि नगरपालिकाले चाँगुनारायण मन्दिर जान १००० सिँढी निर्माण, नारायणधारा सिँढी निर्माण, चारहाते भीमसेन सिँढी निर्माण, बसपार्कको सिन्हुख्वाः पोखरीको जीर्णोद्धार गरिएको जानकारी दिए । उनका अनुसार विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर परिसरमा चौघेरा सत्तल निर्माण भइरहेको, नारायण मन्दिर, छिन्नमस्ता मन्दिर, किलेश्वर मन्दिर निर्माण भइसकेको र अरू पनि निर्माण भइरहेको छ ।      ‘एक करोडमा बसपार्क निर्माण सम्पन्न गर्दै छौं, साँखुबाट चाँगुनारायण हुँदै भक्तपुर जाने सडक निर्माण सम्पन्न हुने चरणमा छ, मूलपानी चाँगु नगरकोट सडक निर्माण शुरू गरिएको छ,’ वडाध्यक्ष महर्जनले भने, ‘चाँगुनारायण दृश्यावलोकन परिक्रमा मार्ग निर्माण गरिएको छ, पर्यटकलाई एक रात चाँगुमा बस्ने गरी पर्यटनको विकासमा लागेका छौं ।’ चाँगुमा घरवास सञ्चालनका लागि दर्ता गर्ने क्रम शुरू भएको छ । पछिल्लो समय केही होटल निर्माण भए पनि कोरोनाका कारण सञ्चालन हुन सकेका छैनन् । अब टोल–टोलमै घरबास पनि शुरू गर्ने योजना छ । चाँगुनारायण मन्दिर अवलोकनका लागि विगतमा यहाँ दैनिक ५० देखि २०० सम्म पर्यटक आउने गरे पनि रात बसेर यहाँका प्राकृतिक सौन्दर्य र संस्कृतिमा रमाउन भने सकेका थिएनन् । जनजाति, नेवार, तामाङ, गुरुङ क्षेत्री सबै मिलेर बसेको यहाँ फरक जाति, भाषा, धर्म, संस्कृतिको पहिचान उजागर गर्दै पर्यटकलाई लोभ्याउने कार्यक्रम घरबासमा सञ्चालन गर्ने योजना रहेको बताए । रासस

७ करोडको लागतमा बन्यो पर्यटक बसपार्क

पोखरामा अन्ततः पर्यटक बसपार्क निर्माण कार्य सम्पन्न भएको छ । पोखरा महानगरपालिका–७, राष्ट्र बैंकचोक नजिक पर्यटन विभागको लगानीमा पोखरामा रिजिटपेमेन्ट (ढलान) संरचनामा पर्यटक बसपार्क हालै निर्माण कार्य सम्पन्न भएको विभागका इन्जिनियर सचिन्द्रकुमार यादवले बताए ।विभागले आशिष–सिएम–मिसन जेभीलाई ठेक्का सम्झौता गरेपछि कोरोनाले गर्दा थपिएको समयमै उक्त पर्यटक बसपार्क निर्माण कार्य सम्पन्न भएको उनले जनाए । पर्यटन […]

विश्व पर्यटन दिवसमा सौराहा बसपार्क सरसफाइ

चितवन : विश्व पर्यटन दिवसको अवसरमा बुधबार चितवनको सौराहास्थित पर्यटक बसपार्क सरसफाई गरिएको छ्। पर्यटक आगमन हुने बसपार्क नै फोहर भयो भने नकारात्मक सन्देश जाने भन्दै पर्यटन दिवसको अवसर पारेर सरसफाइ गरिएको हो। सरसफइसँगै फोहोर राख्ने डस्बिनसमेत राखिएको पर्यटन दिवस मुल समारोह समितिका समितिका सदस्य जितु तामाङले  जा...