ललितपुर – 'वाइल्ड कार्ड' (सिधै सहभागी हुने प्रक्रिया) बाट टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउने लक्ष्यका साथ अहिले नेपाली कराँते खेलाडी ललितपुरकाे सातदोबाटोमा रहेको कर्भडहलमा व्यस्त छन् । अनु अधिकारी र नविन रसाइलीले स्वास्थ मापदण्ड पूरा गरेर दैनिक अभ्यासमा जुटिरहँदा उनीहरूको लक्ष्य ओलम्पिक सहभागिता रहेको छ ।
कोरोनाको दोस्रो लहर काठमाण्डौ उपत्यकामा उच्च गतिमा फैलिरहेको छ । तर पनि टोकियो ओलम्पिक तयारी गरिरहेका कराँते खेलाडीले स्वास्थ मापदण्ड पूर्णरूपमा पालना गर्दै तयारीलाई तीव्रता दिइरहेका छन् । अनु ...