काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन्।शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलन परिचालन समितिले गरेको बृहत् आन्दोलन पूर्वतयारी छलफलमा बोल्दै नेता लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका हुन्। उनले आन्दोलनमा जाने भए आन्दोलनमा जानुपर्ने र आन्दोलन नगर्ने भए चुपचाप बस्नुपर्ने बताएका हुन्। उनले पार्टीको कार्यदिशाको सम्बन्धमा बैठकमा छलफल हुनुपर्ने र बहुमतले पारित गरेको निर्णय लागू हुनुपर्ने