काठमाडौँ- प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली अनेक रुपमा अरु भन्दा फरक देखिए। तर आफ्ना उत्तराधिकारीका रुपमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको शपथ ग्रहण समारोहमा उपस्थित नभएर ‘शिष्टाचार’ अवहेलनामा नयाँ कीर्तिमान स्थापित गरेका छन्। अहिलेसम्मको नेपाली राजनीतिको अभ्यासमा प्रधानमन्त्रीको मृत्यु भएको अवस्थामा बाहेक उत्तराधिकारीको शपथ ग्रहण समारोह कुनै पनि निवर्तमान प्रधानमन्त्रीले बहिस्कार गरेको उदाहरण नभएको जानकारहरु […]