नेशनल लाइफ इन्स्योरेन्सको ३३औं साधारण सभा आज, २०% लाभांश पारित हुँदै

फागुन २९, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३औं वार्षिक साधारण सभा आज (आइतवार) हुँदैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान १०:३० बजे शुरु हुने जानकारी गराएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २२ गते (एक दिन) बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

सम्बन्धित सामग्री

नेशनल लाइफको साधारणसभा : १९ प्रतिशत बोनस र नगद लाभांश पारित

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष प्रेमा सिंह अध्यक्षतामा कम्पनीले साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाले शेयरधनीहरूलाई आर्थिक वर्ष २०७६/७७ को चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर जारी गर्ने र सो बापतको कर प्रयोजनका लागि ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँ नगद लाभा‌श पारित गरेको छ ।सभामा कम्पनी अध्यक्ष सिंहले कोभिड-१९ को प्रकोप यथावत रहेपनि प्रतिष्पर्धात्मक बजार एवम्‌ नियामकीय प्रयासहरू साथै बीमितको