च्याम्पियन्स लिगको फाइनल खेल टर्कीबाट पोर्चुगल सर्यो

च्याम्पियन्स लिग फुटबलको फाइनल खेल स्थल टर्कीको इस्तान्बुलबाट सरेको छ । यूरोपेली फुटबल संघले च्याम्पियन्स लिग फुटबलको फाइनल अब पोर्चुगलको पोर्टोमा हुने निर्णय गरेको छ । च्याम्पियन्स लिगको फाइनलमा चेलसी र म्यान्चेष्टर सिटी मई २९ मा स्पर्धा गर्नेछ । बेलायतले कोभिड १९ को नयाँ स्वरुपलाई लिएर टर्कीलाई रातो सूचीमा राख्दै भ्रमण गर्न नहुने राष्ट्रमा सूचीकृत गरेको छ । लिगको उपाधिको यात्रामा रहेका दुबै टोलि बेलायतको रहेकोले प्रशंसकको उपस्थितिलाई ध्यानमा राख्दै आयोजना स्थल सारिएको हो ।

सम्बन्धित सामग्री

यूईएफए च्याम्पियन्स लिग फाइनलले तनावमा पोर्चुगल, किन मच्चियो विवाद?

मे ३० मा पोर्चुगलको पोर्टोमा यूईएफए च्याम्पियन्स लिगको फाइनल सम्पन्न भयो। जसमा इङ्ग्लिस क्लबले चेल्सीले अर्को इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि उचाल्यो। इस्तानबुलमा हुने फाइनल खेल तय गरिएको भए पनि टर्की कोभिड महामारीका बीच युकेको ‘रेड लिस्ट’ मा भएपछि पोर्चुगलमा फाइनल खेल सारिएको थियो। १६ हजार ५…