एजेन्सी। म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लिभरपुलका प्रशिक्षक जर्जेन क्लोपले आफुलाई राम्रो प्रशिक्षक बन्न प्रेरणा दिएको बताएका छन्। "जर्जेन मेरा लागि एक प्रेरणा हुन्। उनले बोरुसिया डर्टमन्ड र लिभरपुलमा गरेको कामले मलाई फुटबल र मेरो टिमबारे धेरै सोच्न बाध्य तुल्यायो," ग्वार्डिओलाले भने। प्रिमियर लिगमा जोडिनुअघि यि दुईले जर्मनीमा दुई सिजन एकअर्काविरुद्ध रणनीति बनाएका थिए।