भदौ ८, काठमाडौं । सनराइज म्युचअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचअल फण्डले प्रतिफल वितरण प्रयोजनको लागि भदौ १६ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ ।
योजनाले आव २०७७/७८ को लागि इकाई धनीहरुलाई ५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । सोही प्रयोजनका लागि योजनाले बुक क्लोजको मिति तय गरेको हो ।
योजनाले बुक क्लोजको अघिल्लो दिन अर्थात् भदौ १५ गतेसम्मका कायम शेयरधनी मात्र उक्त प्रतिफलको हकदार हुने समेत जानकारी दिएको छ ।