संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउँदैछ । आज दिउँसो १ बजे शपथ ग्रहण गराइनेछ । नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् । शपथका लागि विभिन्न भेषभूषामा सांसदहरू नयाँ बानेश्वरस्थित संघीय भवनमा पुगेका छन् । तस्बिरहरू हेर्नुहोस् :