मानिसको दिनचर्या सञ्चालनका लागि पानीको महŒव अहम् छ । यसैकारण पानीलाई अत्यावश्यक वस्तुका रूपमा वर्गीकरण गरिएको हो । विश्वका प्रत्येक राष्ट्रले आफ्ना नागरिकलाई भरपर्दाे, नियमित र शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको पाइन्छ । कतिपय राष्ट्रले खानेपानी र सिँचाइका लागि अन्य मुलुकमा निर्भर रहनुपरेको छ भने कतिपय राष्ट्रमा पानीको उपलब्धता भएर पनि खानेपानीको उचित प्रबन्ध मिलाउन नसकेको देखिन्छ । अब पानीयुद्धको सम्भावना औँल्याएकै छन् विज्ञहरूले ।
नेपालमा, चौधौँ योजनाको अन्त्य (आर्थिक वर्ष २०७५÷०७६) सम्म, ८९ प्रतिशत जनसङ्ख्यालाई खानेपानी सेवा पुगेको तथ्याङ्क सार्वजनिक गरिए पनि पन्ध्रौँ योजना (आव २०७६÷७७–२०८०÷८१) को दीर्घकालीन सोचको प्रमुख परिणात्मक लक्ष्यहरूमा आव २१००÷०१ मा ९५ प्रतिशत जनसङ्ख्यालाई उच्च मध्यमस्तरको खानेपानी सुविधा पु¥याउने प्रक्षेपण गरिएको छ ।
नेपालमा विगत ४०÷५० वर्षयता जनसङ्ख्या निरन्तर बढ्दै जानु, वन–जङ्गल नासिँदै जानु र बसाइँ–सराइको क्रम सहरमुखी र त्यसमा पनि राजधानीमुखी हुँदै गएबाट पिउने पानीको समस्या अदृश्य किसिमले चुलिँदै गएको छ । काठमाडौँमा विद्यमान ढुङ्गेधारा, कुवा, इनारमार्फत स