काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेपाल सरकारको विकास ऋणपत्र सोमवार सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिएको कुल रू. १० अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।
२०८५ ‘छ’ नामक विकास ऋणपत्र ६ वर्ष अवधिको लागि वार्षिक ८ दशमलव ८७ प्रतिशत ब्याजदरमा २०७९ चैत २२ गते निष्कासन गरिएको थियो । यसको साँवा भुक्तानी २०८५ चैत २२ गते हुनेछ । ।