भदौ १९, काठमाडौं । नेपाल सरकारको विकास ऋणपत्र शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको रू. १५ अर्ब बराबरको विकास ऋणपत्र २०८३ ङ नेप्सेमा सूचीकृत भएको हो । उक्त ऋणपत्रको अवधि ५ वर्षको रहेको छ ।
उक्त ऋणपत्रमा लगानीकर्ताले ४ दशमलव ३७ प्रतिशत ब्याज पाउनेछन् भने ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । गत असार २३ गते ऋणपत्र निष्कासन भएको थियो । यसको साँवा भुक्तानी २०८३ असार २३ गते रहेको छ ।