बढीभन्दा बढी बजेट खर्च हुनेगरी योजना बनाउनुस: गण्डकी प्रदेशका अर्थमन्त्री बराल

मनाङ, १२ फागुन: गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बढीभन्दा बढी बजेट खर्च हुनेगरी योजना तथा कार्यक्रमहरु अघि सार्न आग्रह गरेका छन् । प्रदेशको अर्थ मन्त्रालयले आज लमजुङमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तक्र्रियामा उनले सङ्घीयता कार्यान्वयनको अभ्यासमा रहेकाले केही कठिनाइ हुने भन्दै यस वर्ष कम्तीमा ८० प्रतिशत बजेट खर्च गर्नेगरी अघि बढ्न […]

सम्बन्धित सामग्री

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

गत आव २०७९/८० मा कुल विनियोजन भएकोमध्ये ५८ प्रतिशत मात्र बजेट खर्च गरेको मन्त्रालयले एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण गरेको थियो ।

गण्डकी प्रदेश बजेट खर्च ७३ प्रतिशत

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा पनि ७३ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ मा पनि प्रदेश सरकारको ७३ प्रतिशत बजेट खर्च हुन सफल भएको गण्डकी प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा पुँजीगततर्फ भने न्यून सुधार भएको छ […]

गण्डकी प्रदेशमा चालुभन्दा पुँजिगत खर्च बढी

गत आर्थिक वर्ष २०७८/०७९ मा गण्डकी प्रदेश सरकारले ७०.४२ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेशको गत आर्थिक वर्षको ३१ अर्ब ३७ करोड ३६ लाख ८५ हजार बजेटमध्ये २२ अर्ब ९...

गण्डकी प्रदेश बजेट खर्च ७३ प्रतिशत

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा पनि ७३ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ मा पनि प्रदेश सरकारको ७३ प्रतिशत बजेट खर्च हुन सफल भएको गण्डकी प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा पुँजीगततर्फ भने न्यून सुधार भएको छ […]

गण्डकी प्रदेशको बजेट खर्च ७० प्रतिशत

गण्डकी प्रदेशले कुल बजेटको ७० प्रतिशत खर्च गरेको छ। गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ७०.४२ प्रतिशत बजेट खर्च गरेको हो।...

गण्डकी प्रदेशमा बजेट खर्च घट्यो

पोखरा– गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षभन्दा कम बजेट खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७१ प्रतिशत खर्च गरेको गण्डकीले आर्थिक वर्ष २०७८/०८९ मा ७० प्रतिशत खर्च गरेको हो । ३१ अर्ब ३७ करोड प्रदेशको बजेट मध्ये २२ अर्ब ९ करोड खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । चालुतर्फ ६०.५४ र पुँजीगत तर्फ ७८.०५ प्रतिशत […]

बजेट खर्च गर्ने योजना बनाउन आग्रह

मनाङ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बढीभन्दा बढी बजेट खर्च हुनेगरी योजना तथा कार्यक्रम अघि सार्न आग्रह गरेका छन् । प्रदेशको अर्थ मन्त्रालयले बिहीवार लमजुङमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तरक्रियामा उनले संघीयता कार्यान्वयनको अभ्यासमा रहेकाले केही कठिनाइ हुने भन्दै यस वर्ष कम्तीमा ८० प्रतिशत बजेट खर्च गर्नेगरी अघि बढ्न आग्रह गरे । कर्मचारीहरू समस्या देखाएर उम्कन नपाउने उनले बताए । विभिन्न योजनामा विनियोजन गरेको रकम फ्रिज गर्ने प्रक्रियाको अन्त्य गर्ने रणनीतिमा आफूहरू रहेको मन्त्री बरालले बताए । नागरिकका खाँचो र आवश्यकताका योजना छनोट गर्न मन्त्री बरालको आग्रह थियो   प्रदेश नीति तथा योजना आयोगका सदस्य माया तिमिल्सिनाले बजेट खर्च गर्ने नीति तथा प्रणालीमा नै सुधार गर्नुपर्ने बताइन् । जिल्ला समन्वय समिति लमजुङका प्रमुख भोजराज पाण्डेले लमजुङवासी विकासे मुद्दामा एक भएको बताए । अर्थ मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालले गतवर्ष लमजुङमा ७२ प्रतिशत चालूतर्फ र ७५ प्रतिशत पूँजीगत खर्च भएको जानकारी गराउँदै चालू आर्थिक वर्षको सात महिनामा १९ प्रतिशत बजेट खर्च भएको बताए । खर्च नहुने योजनाको फाइल अघि बढाउन उनले सुझाव दिए । कार्यक्रममा भौतिक पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय लजमुङका प्रमुख राजेन्द्र भण्डारी, कृषि ज्ञानकेन्द्र लमजुङका प्रमुख सुदीप खतिवडा, स्वास्थ्य कार्यालय लमजुङका अमर दवाडीलगायतले प्रदेश सरकारका योजना र कार्यक्रमहरूमा आफ्ना धारणा राखेका थिए । रासस

गण्डकीमा अबण्डा बजेट खर्च गर्न नसकेपछि धमाधम सरेन्डर !

१२ माघ, पोखरा । आफैंले बनाएको कानुन कार्यान्वयन नगर्दा गण्डकी प्रदेश सरकार करोडौं रुपैयाँ अबण्डा बजेट बाँडफाँट र खर्च गर्न असमर्थ भएको छ । विभिन्न विकासे मन्त्रालय मातहतका कार्यालयमार्फत खर्च गर्नुपर्ने अबण्डा बजेट खर्च गर्ने कानुनी आधार नभएपछि अर्थ मन्त्रालयमै फिर्ता हुने भएको छ । अबण्डा बजेट अर्थ मन्त्रालयमै फिर्ता गर्ने र अर्थ विविध कोषमार्फत […]

६ महिनामा गण्डकीको बजेट खर्च १५.९० प्रतिशत, पुँजीगततर्फ १४.१३ प्रतिशत खर्च

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष ०७८/०७९ को पहिलो ६ महिनामा १५.९० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेशको कुल बजेटमध्ये पुस मसान्तमा पुँजीगतभन्दा चालू खर्च ४.२९ प्रतिशतले बढी छ । चालू आर्थिक...

गोरखाका तीन कार्यालयको पुँजीगत खर्च शुन्य

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा गोरखाका ३ सरकारी कार्यालयले पुँजीगत बजेट खर्च गर्न नसकेको पाइएको छ । गण्डकी प्रदेश मातहतका घरेलु तथा साना उद्योग, स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेदको साउनदेखि कात्तिकसम्मको पुँजीगत खर्च शुन्य रहेको गण्डकी प्रदेश अर्थ मन्त्रालयले जनाएको छ ।गण्डकी प्रदेश अर्थ मन्त्रालयको आयोजनामा मंगलबार गोरखा सदरमुकाममा भएको बजेट कार्यान्वयन र आर्थिक अनुशासन […]