जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशसभा सभामुखलाई पत्र पठाएर प्रदेशसभा सदस्यहरूलाई कुनै कारवाही नभएको स्पष्ट पारेका छन् ।
बिहीवार प्रदेशसभा सचिवालय जसपाका ४ सांसदलाई पार्टी कार्यकारिणी समितिले पार्टी सदस्यबाट निष्कासन गरेको व्यहोरासहित सूचना टाँस गरेको छ ।
जसपा अध्यक्ष ठाकुरले लुम्बिनीका सभामुखलाई बिहीवारै पत्र लेखेर कार्यकारिणी समितिबाट कसैलाई पनि कारवाही नभएको र लुम्बिनीमा ६ सदस्यीय प्रदेश संसदीय दललाई नै लोकतान्त्रिक तरिकाले निर्णय गर्ने स्वायत्तता दिइएको जनाएका छन् । जसपा संसदीय ...