पाली युवा भिजिट भिसा प्रयोग गरेर खाडी मुलुक पुगेपछि भइरहेको समस्याको विश्लेषण गर्दै गृह मन्त्रालयले अध्ययनका लागि समिति बनाएको छ।
मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवको उपस्थितिमा बसेको बैठकले गृहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति बनाएको हो।